सिँचाइ नहुँदा धान फल्ने खेतमा पशु चौपाया चराउन बाध्य

सिँचाइ नहुँदा धान फल्ने खेतमा पशु चौपाया चराउन बाध्य

सिँचाइ सुविधा नहुँदा रामेछाप र मन्थली नगरपालिकाको सीमा छुट्याउने सुकाजोर खोला आसपासमा करिब ८ सय रोपनी खेती योग्य जमिन बाँझो भएको छ । स्थानीय सरकारले जमिनको प्रयोग गरेवापत कर लगाउने गरे पनि सिँचाइ सुविधा नभएका कारण जग्गा भने बाँझो राख्नुपर्ने किसानको बाध्यता हटेको छैन ।

सिचाइँ सुविधा नहुँदा १६ वर्षदेखि बाँझो रहेको धान फल्ने खेतमा पशु चौपाया चराउनु परेको स्थानियवासी सावित्रा खत्रीले बताउनुभयो । रामेछापको सदरमुकाम मन्थलीबाट ३ किलोमिटरको दुरीमा रहेको यो जमिनमा स्थानीय सरकार आएपछि वैकल्पिक सिँचाइको व्यवस्था होला भन्ने नागरिकको अपेक्षा भएपनि ६ वर्षमा कुनै पहल नभएको स्थानीयवासी हरि थापाले गुनासो गर्नुभयो ।

स्थानीयतहले भने उक्त क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन योजना बनाएर काम अघि बढाएको दाबी गरेको छ । सुकाजोर खोला वरपर तटबन्ध निर्माण गरी जाली हालेर तामाकोशीको लिफ्टबाट सिँचाई पु¥याउने योजना रहेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो । बाँझो रहेको खेतबाट कुनै उत्पादन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार