रामेछाप बजारको सडक मर्मतको काम जारी

रामेछाप बजारको सडक मर्मतको काम जारी

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको सडक मर्मतको काम भैरहेको छ । माथिल्लो बजारदेखी तल्लो बजारसम्मको करिब १ किलो मिटर सडक मर्मतको काम भैरहेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो ।

साँघुटार सेलेघाट सडक आयोजन अन्तर्गत पिच हुनुपर्ने सडक आयोजनाले समयमै काम नसक्दा रामेछाप बजार अस्तव्यस्त बनेको हो । बजारको सडक अस्तव्यस्त र भद्रगोल भएको भन्दै आलोचना खेपिरहेको रामेछाप नगरपालिकाले आयोजनालाई सडक मर्मत गर्न निर्देशन दिएको हो ।

मंगलबार नगरपालिकाको कार्यालयमा रामेछापका प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ्ग कान्छाराम,नगरपालिकाका जनप्रतिनिधी,सडक आयोजना कम्पनीका ठेकेदारहरुको बैठकमा नगरपालिकाले एक हप्ता भित्र सडक मर्मत गर्न निर्देशन दिएको हो ।

अहिले पुरानो भत्केको पिच सडक स्काइभेटर लगाएर सम्याउने काम भैरहेको छ । १ हप्ता भित्रमा सडक ग्राभेल गर्ने काम सम्पन्न हुने सडक आयोजनाको स्थानिय ठेकेदारहरुले बताएका छन । दशैँ तिहार जस्ता ठुला चाडपर्व नजिकिएसँगै सवारी साधनहरुको आवातजावत पनि बढने भएकाले सहज रुपमा सवारी आवागमनका लागी सडक ग्राभेल गर्न नगरपालिकाले निर्देशन दिएको हो ।

भारतीय एक्जिम बैंकमार्फत निर्माण हुँदै आएको रामेछाप सेलेघाट साँघुटार कालोपत्रे सडकको जिम्मा भारतीय निर्माण कम्पनी टीसीआईएलले पाएको थियो । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्मको करिब ५० किलोमिटर सडक निर्माणको काम भैरहेको छ ।

सन २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्रमा सक्नुपर्ने गरी सम्झौता भएको हो । तर अहिले फेरी १७ महिना म्याद थप गरेर सडक आयोजनाले सडक निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार