एक वर्षमा रामेछाप नगरपालिकाको वित्तिय प्रगति ६८.७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले एक वर्षभरीमा ६८.७ प्रतिशत बजेट खर्च गरेको छ । आईतबार नगरपालिकाले चालू आ.व. २०८२/८३ को तेस्रो चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाह बारे जानकारी गराएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत […]

विकासमा मन्थली नगरपालिकाको फड्को : अधिकांश योजना सम्पन्न

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक अवधिसम्म सम्पादन भएका कामको समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमा नगरपालिकाले हालसम्म भएका विकास निर्माण, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनका उपलब्धिहरू सार्वजनिक गरेको हो। प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले १ बर्षभरीको प्रगति विवरण प्रस्तुत गर्नुभयो । प्रस्तुत विवरणअनुसार नगरपालिकाबाट सञ्चालन भएका […]

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

रामेछापको  मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख १५ हजार रुपैयाँ बराबरको आय–व्यय अनुमान सार्वजनिक गरेको छ। “शिक्षित, स्वस्थ र व्यवसायिक शहर : उत्थानशील र समृद्ध मन्थली नगर” भन्ने मूल नाराका साथ सोमबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख इश्वरी बस्नेतले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटअनुसार कुल […]

रामेछापको सुकाजोरमा तितेपातीको धुप बनाउने तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका–७ मा तितेपातीबाट धुप उत्पादन गर्ने सम्बन्धी तीनदिने तालिम सुरु भएको छ। स्थानीय स्तरमा उपलब्ध जडीबुटी तथा वनस्पतिको उपयोग गर्दै आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले स्थानीय स्रोत र साधनको सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने […]

बेरुजु सुधारमा गोकुलगंगा अब्बल, खाँडादेवीमा सबैभन्दा बढी

रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक अनुशासन र बेरुजु सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । महालेखा परीक्षकको कार्यालय ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार गोकुलगंगा गाउँपालिकाले आफ्नो बेरुजु घटाएर १ प्रतिशतभन्दा कममा झारेको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३.७५ प्रतिशत रहेको बेरुजु गत आर्थिक वर्षमा घटेर ०.५३ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख […]

रामेछापको राताटाहारमा झोल साबुन,सरफ र फिनेल बनाउने सीप विकास तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ को राताटाहारमा झोल साबुन,सरफ र फिनेल बनाउने सीप विकास तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र माझि उत्थान संघ रामेछापको सहजीकरणमा तालिम संचालन गरिएको हो । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । तालिममा १२ […]

रामेछापको मन्थलीमा बेसिक ब्युटी पार्लर सम्बन्धि ३० दिने तालिम सुरु

रामेछापको सदरमकाम मन्थलीमा बेसिक ब्युटी पार्लर सम्बन्धि ३० दिने तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,मन्थली नगरपालिकाको समन्वय र माझी उत्थान संघ रामेछापको सहजीकरणमा तालिम संचालन गरिएको हो । बाग्मती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले तालिमको उद्धघाटन गर्नुभयो । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको […]

९ महिनामा मन्थली नगरपालिकाको पुँजीगत खर्च २१.०७ प्रतिशत मात्रै

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनाको अवधिमा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । बुधबार वडा नं ८ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देबर्षी सापकोटाले सो कुराको जानकारी गराउनुभयो । ठेक्काका कार्यको भुक्तानीको क्रममा नै रहेका कारण पुँजीगत खर्च कमजोर देखिएको उहाँले बताउनुभयो । प्रगति प्रतिवेदन प्रस्तुत […]

रामेछापका स्थानिय तहले कति पाउँदै छन अनुदान ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि स्थानीय तहलाई ९० अर्ब २० लाख ४६ हजार रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम ३० अर्ब ८३ करोड, सुत्रमा आधारित ५५ अर्ब ७६ करोड ७७ लाख र कार्यसम्पादनमा आधारित तीन अर्ब ६० करोड ६९ लाख गरी ९० […]

दोश्रो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाको वित्तिय प्रगति ४२ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको चालू आव २०८२/८३ को दोश्रो चौमसिक अवधिसम्म जम्मा बजेटको ४२.५६ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएको काम र बजेट खर्चको अवस्था बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार चालू तर्फ २८ करोड ३९ लाख ८५ हजार १ सय ७४ अर्थात ५४.९४ […]