जिल्ला अस्पताल रामेछापले ल्यायो शव वाहन

जिल्ला अस्पताल रामेछापले ल्यायो शव वाहन

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल रामेछापलाई शव वाहन उपलब्ध गराएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको आपूर्ति विभागले जिल्ला अस्पताललाई एक थान शव वाहन उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई शव वाहन हस्तान्तरण गर्नुभयो ।

जिल्ला अस्पताल रामेछापको आफ्नै शव वाहन नहुँदा विभिन्न कारणले ज्यान गुमाएका मानिसको शव गन्तव्य सम्म पु¥याउन र जिल्लाको विभिन्न ठाउँबाट शवको पोस्ट मार्टम गर्न अस्पताल सम्म ल्याउनको लागि समस्या भएपछि प्रदेश सरकारसँग आफू अध्यक्ष भएदेखि माग गरिएको शव वाहन प्राप्त भएको अस्पताल विकास समितिका अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।

‘यो अस्पतालमा शव वाहन नहुँदा धेरै समस्या भोग्नु परेको थियो, म अध्यक्ष भएदेखि नै त्यो समस्या समाधानको लागि नियमित रूपमा सरकारसँग माग गरीरँहे’, अध्यक्ष पाख्रिनले भन्नुभयो , ‘डेढ वर्ष पछि आज पुरा भएको छ ।’

सुविधा सम्पन्न जिल्ला अस्पतालमा एउटा शव वाहन नहुँदा धेरै समस्याहरू भोग्नु परेको कुरा स्मरण गर्दै अध्यक्ष पाख्रिनले अब त्यो समस्या सधैँका लागि अन्त्य भएको बताउनुभयो ।

प्रदेश सरकारबाट प्राप्त शव वाहनलाई संचानलको लागि अब जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर अगाडि बढ्ने उहाँले प्रतिक्रिया दिनुभयो ।

जिल्ला अस्पताल रामेछापमा हाल हर्नियाँ, हाइड्रोशील र प्रसूति शल्यक्रिया, अक्सिजन सहितको स्वास्थ्य सेवा, दन्त सेवा, आँखाको सेवा, डाइलसिस सेवा, जनरल ओपिडी सेवा लगायत अन्य सेवाहरू संचालनमा छन् ।

डेढ वर्ष अघि अस्पताल विकास समितिको अध्यक्ष बन्नुभएका पाख्रिनले जिल्ला अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्दै हाल नागरिकमैत्री अस्पतालको रूपमा विकास गरिरहनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार