जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिला बढे

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिला बढे

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । वितेको ३ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा ७१ जना महिलाले प्रसुती सेवा लिँदा आ.ब.०७८/०७९ मा ९२ जनाले प्रसुती सेवा लिएका थिए । अघिल्लो आ.ब.०७९/०८० मा १ सय ६० जनाले प्रसुती सेवा लिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज यादवका अनुसार २०७८ फाल्गुन १६ गतेदेखी आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवा सुरु भएको हो । आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखी हालसम्म ६० जना महिलाको शल्यक्रिया विधिबाट प्रसुति गराइएको हो । जिल्ला अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएदेखी नै अस्पतालमा सुत्केरी हुन आउनेहरुको संख्यामा वृद्धि भएको छ ।

आ.ब.०७८/०७९ मा ७४ जनाले सामान्य र १८ जनाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएका हुन् । आ.ब ०७९/०८० मा १ सय १८ जनाले सामान्य, ४० जनाले शल्यक्रिया र औजार प्रयोग गरेर २ जनाले प्रसुति सेवा लिएका छन । गत आर्थिक बर्षमा अघिल्लो बर्षको तुलनामा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढी देखिएको छ ।

पछिल्लो समय जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ । प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको छ ।

यस्तो छ वितेको ३ आर्थिक वर्षको तथ्याङ्क : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार