सङ्घीय सरकारको खर्च गत वर्षको पहिलो चौमासीकमा भन्दा ६ प्रतिशत बढी

सङ्घीय सरकारले पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्ममा २ खर्ब ८७ अर्ब ५४ करोड खर्च गरेको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको यही अवधिमा भन्दा ६ दशमलव ९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा २ खर्ब ६९ अर्ब ७ करोड सङ्घीय सरकारले खर्च गरेको थियो । सङ्घ सरकारले गरेको कुल खर्चमध्ये चालु […]

यसवर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य तोकेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेकोहो । यो वर्ष प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकिएको छ । यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो।गत वर्ष मन्त्रिपरिषदले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ निर्धारण गरेको थियो। २०७६ […]

रामपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर चारघरेमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आप्mनो स्थापनाको २४ ओैँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टेक ब श्रेष्ठको अध्यक्षतामा शनिबार एक कार्यक्रमकाविच २४ ओैँ वार्षिक साधारण सभा तथा ८ ओैँ अधिबेशन सम्पन्न भएको हो । उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रगती […]

रामेछाप नगरपालिकाले बढायो विद्यालय कर्मचारी र बाल विकास शिक्षकको तलब

रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ । रामेछाप नगरपालिकाले अव पालिका भित्रका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) तथा विद्यालय कर्मचारी (परिचर) लाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लेखापाललाई मासिक १८ हजार रुपैँया (तलब भत्ता) उपलब्ध गराउनेछ। […]

सुकाजोरको टोलटोलमा पुगेर बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भक्ता वितरण

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले अहिले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । गत वर्ष नेपाल सरकारले बैङ्किङ्ग प्रणाली मार्फत मात्रै सामाजिक सुरक्षा भक्ता वितरण गर्ने निर्णय गरे अनुसार अहिले सबै स्थानिय तहहरुले बैङ्किङ्ग प्रणाली मार्फत नै समाजिक सुरक्षा भक्ता वितरण गर्दै आएका छन । जेष्ठ नागरीक,अशक्त,अपाङ्ग लगायतका व्यक्तिहरुलाई भक्ता […]

मृत्यु भएका पशुको क्षतिपूर्ति पाउँदा सुकाजोरका किसान दंग

गत वर्ष रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले एक घर एक पशु विमा कार्यक्रम सन्चालन गरेको थियो । उक्त कार्यक्रम मार्फत धेरै किसान लाभान्वित भएका छन । नगरपालिकाले सन्चालन गरेको एक घर एक पशु विमा कार्यक्रम मार्फत वडा नं ७ सुकाजोरका किसानले मृत्यु भएका पशुको क्षतिपूर्ति प्राप्त गर्दा धेरै खुशी लागेको बताएका छन । आज वडा नं […]

बुद्ध एयरले २०२३ को प्रारम्भबाटै रामेछाप मन्थली हब बनाएर उडान गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पूर्वका लागि रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने भएको छ । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो प्रयोजनका लागि ट्विनअटर जहाज खरिद गर्ने समेत कम्पनीले जनाएको छ । शुरुआतमा चार […]

रामेछाप नगरपालिकाको वार्षिक प्रगती समिक्षा : आ.व २०७७/७८ मा ९१.८० प्रतिशत रकम खर्च

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जम्मा बजेटको ९१.३२ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले आज वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो । नगरपालिकाले चालु खर्च तर्फ ९४.३२ प्रतिशत,पुँजिगत खर्च तर्फ ८६.८८ प्रतिशत र समग्रमा ९१.८० प्रतिशत रकम खर्च गरेको लेखा अधिकृत मदन सुवेदीले बताउनुभयो । आ.व २०७८/७९ […]

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएराति डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यसैगरी खाना पकाउने एलपिजीग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ। निगमले गत कात्तिक १२ गते मात्र डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ र एलपिजी ग्याँस प्रति सिलिण्डर ५० रुपैयाँ […]

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले […]