रामेछापको हिलेपानीमा आगोलागी हुँदा एक घर जलेर नष्ट

रामेछापको हिलेपानीमा आगोलागी हुँदा एक घर जलेर नष्ट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नंं ७ सुकाजोर हिलेपानीमा शुक्रबार राती आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । हिलेपानीका राम कुमार कार्कीको घरमा एक्कासी आगोलागी भएको स्थानिय ढाल विक्रम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगोलागीबाट गाईको माउबाच्छा,२ वटा खसी,कुखुरा र सबै अन्नपात तथा लत्ता कपडा जलेर नष्ट भएको छ । आगो के कारणले लागेको हो भन्ने कुरा नखुलेको रामेछाप नगरपालिकाका प्रबक्ता समेत रहेका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखा रामेछापले पीडित परिवारको घरमै पुगेर खाध्यान्न,लत्ताकपडा,भाँडाकुँडा सहितको आवश्यक सामाग्री उपलध गराइएको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार