वडाअध्यक्ष कार्कीले दिए जिल्ला अस्पताललाई झोला,बिरामीलाई औषधी बोक्न सहज

वडाअध्यक्ष कार्कीले दिए जिल्ला अस्पताललाई झोला,बिरामीलाई औषधी बोक्न सहज

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले जिल्ला अस्पताल रामेछापलाई झोला प्रदान गर्नुभएको छ । अस्पतालमा उपचारका लागी आएका बिरामीहरुले औषधी हातमै बोकेरै लैजानुपरेको देखेपछि बिरामीको सहजताका लागी झोला उपलब्ध गराएको उहाँले बताउनुभयो ।

“अस्पतालको फार्मेसीबाट औषधीजन्य सामग्री र कागजात दिँदा बिरामीलाई हातमै खुल्ला रुपमा दिने गरेको देखेँ । बिरामीले हातमै औषधी बोकेर घर जानुपर्दा औषधी बाटोमै झरेर हराउने गर्दारहेछन ।”–उहाँले भन्नुभयो । ‘यस्तो देखेर नै बिरामीको सहजताको लागी सानो भएपनि व्यक्तिगत सहयोग गरेको हुँ ।,

मंगलबार(आज) जिल्ला अस्पतालमै पुगेर वडाअध्यक्ष कार्कीले अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादवलाई झोला हस्तान्तरण गर्नुभयो । जिल्ला अस्पताल रामेछापमा उपचारका लागी आउने बिरामीहरुले फार्मेसीबाट औषधी लिँदा हातमै लिँदै आएका थिए । औषधी बोक्ने झोला अस्पतालले नदिँदा औषधी घरसम्म लैजान समस्या भएको कुरा बिरामीले बारम्बार गुनासो गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार