लिखुतामाकोशी गाउँपालिकाले १ वर्षमा उठायो ३० लाख ७० हजार राजश्व

लिखुतामाकोशी गाउँपालिकाले १ वर्षमा उठायो ३० लाख ७० हजार राजश्व

रामेछापको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म ३० लाख ७० हजार राजश्व संकलन गरेको छ । गाउँपालिकाले १ वर्षको अबद्यिमा ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको हो ।

गाउँपालिकाको कार्यालय तथा ६ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन भएको राजश्व शाखा हेर्ने कर्मचारी सुमित्रा लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाले आ.ब.०७९/०८० मा ५० लाख राजश्व असुली गर्ने भनि लक्ष्य तोकिएकोमा सवै वडा कार्यालय र गाउँपालिका कार्यालयबाट समेत ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ मात्रै राजश्व संकलन गर्न सफल भएको हो ।

गाउँपालिकाले ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ राजश्व संकलन गर्दा ७ वटा वडाहरुमध्ये सबैभन्दा बढी राजश्व संकलन वडा नं ७ ले गरेको छ भने सबैभन्दा कम राजश्व वडा नं ३ ले संकलन गरेको छ ।

वडा नं ७ ले ४ लाख ८७ हजार १३ रुपैया राजश्व संकलन संकलन गर्दा वडा नं ३ ले ९६ हजार ८ सय ६८ रुपैयाँ राजश्व संकलन गरेको हो । वडा नं १ ले ३ लाख ३४ हजार २ सय ७९ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं २ ले ३ लाख ६४ हजार ८ सय ३६ रुपैयाँ राजश्व संकलन गरेको छ ।

वडा नं ४ ले २ लाख ६३ हजार ८ सय ७ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नं ५ ले ३ लाख ४४ हजार ३९ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं ६ ले ३ लाख १२ हजार १ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

गाउँपालिका कार्यालयले विभिन्न शिर्षकमा ८ लाख ६७ हजार ५ सय ४४ रुपैँया राजश्व संकलन गरेको जनाएको छ । यस अघिको आर्थिक वर्षहरुमा भन्दा गत आर्थिक वर्षमा राजश्व संकलनमा सुधार आएको पनि गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार