यस्तो छ गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति

रामेछापको गोकुलगंगा गाउँपालिकाको १२ औँ गाउँसभा (हिउँदे) अधिवेश बुधबार सम्पन्न भएको छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले गत आर्थिक वर्ष २०७८,७९ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको बजेट कार्यान्वयनको समिक्षा विवरण प्रस्तुत गर्नुभयो । गाउँपालिकामा ६ महिनाको अबद्यिमा चालु र पँजीगत गरी ६० करोड ८७ लाख ६३ हजार २० […]

रामेछाप नगरपालिकाको कुल बजेट खर्च १८.७८ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाले अहिलेसम्म जम्मा १८.७८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाले ६ महिनाको अवधिमा चालु खर्च तर्फ २०.०६ प्रतिशत,पूँजीगत खर्चतर्फ ७.७७ प्रतिशत र कुल बजेटको १८.७८ प्रतिशत रकम मात्रै खर्च गरेको हो । बुधबार नगरपालिकाको १२ औँ नगर सभा (हिउँदे) अधिवेशनमा उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलन मार्फत नगरपालिकाले दिएको जानकारी […]

पर्यटन व्यवसायीक सहकारीको खुद नाफा २९ लाख ८४ हजार

पर्यटन व्यवसायीक सहकारी संस्थाको १२ औँ साधरण सभा सम्पन्न भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमा संञ्चालनमा रहेको सहकारीको १२ औं साधरण सभा शनिबार माकादुममा सम्पन्न भएको हो । साधारण सभा कार्यक्रममा उक्त संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २९ लाख ८४ हजार १२६ रुपैयाँ खुदा नाफा कमाउन सफल भएको जानकारी गराइएको छ । शनिवार […]

आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको अनुरोध

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न अनुरोध गरेको छ । टेलिकमले राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको भन्दै आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न अनुरोध गरेको हो । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयमको नाममा दर्ता […]

जुनेली सहकारीको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन

cजुनेली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन हुनुभएको छ । शुक्रबार संस्थाको पाँचौँ अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । पाँचौँ अधिवेशनबाट उपाध्यक्षमा ढाल विक्रम कार्की,सचिवमा,भगवती मगर,कोषाध्यक्षमा रामबहादुर थापा, र सदस्यहरुमा क्रमश रविन्द्र कुमार श्रेष्ठ,रित बहादुर कार्की,राम कुमार कार्की,तुलसा काकी र चन्द्रिका लामा खड्का चयन हुनुभएको हो । […]

रामेछापको मन्थली नगरपालिकाले मनायो ९ औँ स्थापना दिवस

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आज ९ औँ स्थापना दिवस मनाएको छ । मन्थली नगरपालिका कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकाका विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लब कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको नगरको हालसम्मको […]

राजनीतिक दलले निर्वाचनमा अधिकतम ५ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले राजनीतिक दलले आसन्न निर्वाचनमा अधिकतम ५ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको सङ्ख्याका आधारमा आयोगले दलहरूको खर्च सीमा तोकेको हो । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार एक जनाको २ लाख र प्रदेशसभा समानुपातिक उम्मेदवार एक जनाको एक लाख […]

अकबरे खुर्सानीले बजार नपाउँदा सुकाजोरका किसान चिन्तित

रामेछापमा अकबरे खुर्सानीले बजार नपाउँदा किसान चिन्तित बनेका छन । रामेछाप नगरपालिका ७ सुकाजोरमा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका हुन । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन । सुकाजोरका केहि किसानहरुले अन्य अन्नबाली नै मासेर अकबरे खोर्सानीको व्यावसायिक खेती गरेको भएपनि आफुहरुको […]

मौसममा सुधार आएपछि लुक्लामा उडान सुरु

खराब मौसमको कारण रोकिएको सोलुखुम्बुको लुक्ला विमानस्थलको उडान आजदेखि सुरु भएको छ । मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान सुरु गरेको हो । एक सातादेखि उडान अवरुद्ध हुँदा मन्थलीमा करिब तीन सयभन्दा बढी पर्यटक अलपत्र परेको माउन्टेन गाइड गेल्जे शेर्पाले जानकारी दिनुभयो । आज बिहानैदेखि समिट […]

रामेछाप नगरपालिका–५ रामपुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

रामेछापको रामेछाप नगरपालिका ५ रामपुरले सामाजिक सुरक्षा भत्ता घरमा नै पुगेर वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि वडामा रहेको सहकारीसँगको सहकार्यमा घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारीसँग सहकार्य गरेर यहि असोज १२ गतेदेखी नागरीकको घरमै […]