कोरोना विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा

सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट खोप सम्बन्धी संगठन गाभीसँग समन्वय गर्न र खोप सम्बन्धी अन्य वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई अधिकार दिएको हो । विभिन्न उद्योगहरुबाट उत्पादित खोपहरु सहुलियत दरमा उपलब्ध गराउने र नेपाल […]

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लूएचओ), ‘गाभी र सेपी’ नामक तीन […]

उद्यम गर्ने युवाहरुलाई अनुदान र सहुलियत ऋण प्रदान गरिने मन्त्री ढुंगेलको भनाई

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताउनुभयो । युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुङ्गेलले भन्नुभयो, “एउटा हातमा राजनीतिक झण्डा […]

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र […]

२१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त

देशभरका विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त रहेको पाइएको छ । धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको मन्त्रालयका शाखा अधिकृत […]

सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना, आजबाट जिल्लामै पीसीआर जाँच हुने

आजबाट सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९) को पीसीआर परीक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै जिल्लामै पीसीआर जाँच हुने भएको हो । कमलामाई नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । हिजो शनिबार बागमती […]

मन्थलीका अगुवा ब्यापारीलाई करदाता शिक्षा

भर्खरै जिल्ला सदरमुकाम मन्थलीमा कार्यालय संचालन गरेर सेवा आरम्भ गरेको आन्तरिक राजस्व कार्यालय अन्र्तगतको करदाता कार्यालयले विहिबार जिल्लाका अगुवा ब्यापारीहरुका लागि करदाता शिक्षा कार्यक्रम संचालन गरेको छ । नबौ राष्ट्रिय कर दिबसको चौथो दिन पारेर कार्यालयले रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदरमुकाममा रहेका अगुवा ब्यावसायीहरुलाई करदाता शिक्षाको बारमा जानकारी गराएको हो । पछिल्लो समयमा […]

स्थानीय तहहरुमा अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन

सरकारले स्थानीय तहहरुलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सरकारले यही मंसिर १५ गते देशभरका तीन सय ९६ वाटा स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल संचालनका लागि निर्माण हुने भवन शिलान्यास गर्ने निर्णय गरेको । भवन शिलान्यासका लागि व्यवस्था मिलाउन निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]

रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन सरकारको निर्देशन

सरकारले स्थानीय सरकारले कानुन विपरित रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन निर्देशन दिएको छ । कतिपय स्थानीय तहले रजिष्टर्ड लेखा परिक्षकबाट पनि आन्तरिक लेखापरीक्षण गराएको गुनासो आएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । सरकारले जारी गरेको स्थानीय […]

अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा

अस्पताल निर्माणका लागि सरकारले ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा गरेको छ । ३ सय ९६ वटै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल एकैसाथ मंसिर १५ गते शिलान्यास गर्ने गरी रकम निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गर्न जग्गा प्राप्ति तथा भवन निर्माणका लागि सबै […]