रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री

रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री

रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री हुने गरेको पाइएको छ । स्थानीय सरकारले पालिकाभित्र सञ्चालन भएका मेडिकल तथा स्वास्थ्यसंस्थाको बारेमा अनुगमन, नियमन गर्ने अधिकार भए पनि हुन सकेको छैन ।

रामेछाप धोवीका श्रीराज महत मन्थलीको एक मडिकलमा औषधि किन्न जानुभयो । उहाँले आफुलाई स्वास्थ्यमा देखा परेको लक्षण मेडिकल संचालकलाई बताएपछि सोही आधारमा उसले औषधि दियो । अहिले जिल्लामा दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका यस्तै धेरै औषधि पसलले जथाभावी औषधि दिने गरेका छन् ।

फार्मेसी नपढेको तथा औषधि ऐन् २०३५ मा उल्लेख गरिए बमोजिम योग्यता नपुगेका व्यक्तिले औषधि बेच्न नमिल्ने भए पनि रामेछाप सदरमुकाम क्षेत्रका मेडिकल तथा फार्मेसीहरूले चिकित्सकको पुर्जाबिना नै औषधि बेचबिखन गरेको नागरिकको आरोप छ ।

रामेछाप सुकाजोरका झलक मगरले पनि धेरै पटक मेडिकलमा गएर औषधि किनेर खानुभएको छ । उहाँका अनुसार चिकित्सकको पुर्जाबिना नै औषधि बिक्री हुने गरेको छ । औषधि ऐन् २०३५ को दफा १७ को उपदफा (१), (२), (३) र (४) मा स्पष्टरूपमा औषधि बिक्री गर्न फर्मासिष्ट, फार्मेसी सहायक वा औषधि व्यावसायीको रोहवरमा अप्राविधिकले बेच्न पाउने भनिएको छ ।

तर जिल्लाका फार्मेसी पसलमा त्यो मापदण्डको पालना भएको छैन । दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिहरूसमेत बिक्री गर्ने गरेको सेवाग्राहीको गुनासो छ । पालिका क्षेत्रमा सञ्चालनमा आएका औषधि पसलको नियमन, अनुगमनको अधिकार स्थानीय सरकारलाई छ । तर स्थानिय सरकारले खाध्यान्न पसलहरुको अनुगमन पटकपटक गर्ने गरेको भएपनि औषधि पसलको अनुगमन नगर्दा नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाही नगरिएको गुनासो उपभोक्ता अधिकारर्मीको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार