२०७९ चैत्रसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

रामेछापको रामेछाप नगरपालिका २०७९ चैत्रसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । रामेछाप नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री नगरपालिका घोषणामा लाग्ने प्रतिबद्धता जनाएका छन । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सबैले आ–आफनो ठाउँबाट बालमैत्री नगरपालिका घोषणामा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चार हजारभन्दा धेरै विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई […]

रामेछापमा ९७ हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ९७ हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ९७ हजार ९ सय २८ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा एक लाख ७ हजार २ सय ८५ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, […]

बालमैत्री नगरपालिका घोषणाका लागी २ दिने अभिमुखिकरण सुरु

बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यशाला रामेछाप नगरपालिकामा आजदेखी सुरु भएको छ । बालमैत्री नगरपालिका घोषणाका लागी सरोकारवालाहरुको बालमैत्री अवधारणा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै नगरलाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्यले अभिमुखिकरण गरिएको नगरपालिकाले जनाएको छ । भोलिसम्म चल्ने कार्यशालामा बालमैत्री […]

नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी प्रणय दिवस मनाइँदै

आज प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ अर्थात फागुन २ गतेका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव तथा भ्रातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा […]

बालयौन दुरुपयोगको आरोपमा कठजोरका नेपाली पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बालयौन दुरुपयोगको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ३ का वर्ष ४२ का रामकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । यहि माघ ३ गते बालिकाको घरमा कोहि नभएको मौकाछोपी नेपालीले बालिकालाई फकाई फुल्याई डर त्रास देखाएर जंगल नजिकैको खोल्सामा लगेर बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको […]

पदमा नरहेपनि अस्पतालको विकासमा सँधै लागि पर्छु : रोशन पाख्रिन

जिल्ला अस्पताल रामेछापका निवर्तमान अध्यक्ष रोशन पाख्रिनले आफु पदमा नरहे पनि जिल्ला अस्पतालको विकासमा पदमा रहे सरह नै काम गर्ने बताउनुभयो । जिल्ला अस्पताल रामेछापमा आज पुरानो अध्यक्षलाई विदाई तथा नयाँ अध्यक्षलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले लामो समय अस्पतालको विकासमा आफुले दिनरात नभनी काम गरेको स्मरण गनुभयो । कोरोना माहामारीको निकै कठिनपुर्ण समयमा जनशक्ति व्यवस्थापन,औषधि […]

सबैसँग समन्वय र सहकार्य गरेर काम गर्छु : अध्यक्ष यमकुमार पाख्रिन

जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीका अध्यक्ष यमकुमार पाख्रिनले अस्पतालको विकासमा सबैँसँग समन्य र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला अस्पतालमा आज पद्भार ग्रहण गर्दै उहाँले सबैको साथ र सहयोगले मात्रै अस्पताललाई विकास गर्न सकिने बताउनुभयो । सबै राजनिती दल,जनप्रतिनिधी,स्वास्थ्यकर्मी,पत्रकार,समाजेवी लगायतको सुझाव र सल्लाहलाई ग्रहण गर्दै आफुले काम गर्ने उहाँले बताउनुभयो […]

परीक्षण कम हुँदा सङ्क्रमण पुष्टि हुने घटे, २४ घण्टामा थपिए ८३६ सङ्क्रमित

परीक्षण कम भएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या पनि घटेको छ । गत २४ घण्टामा ६ हजार ६ सय ५४ जनाको परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा सङ्क्रमण पुष्टि भएकोभन्दा दोब्बर बढी निको भएका छन् । गत २४ घण्टामा १ हजार ८ […]