नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी प्रणय दिवस मनाइँदै

नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी प्रणय दिवस मनाइँदै

आज प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ अर्थात फागुन २ गतेका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव तथा भ्रातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरूले प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गर्छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनसलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुवरीकमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार