आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना

आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि मेघगर्जन र चट्याङ्सहित वर्षासँगै उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र […]

तामाकोसी नदीमा फेला परेको शवको पहिचान खुल्यो

तामाकोसी नदीमा हिजो फेला परेको महिलाको शवको पहिचान खुलेको छ । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ की वर्ष ३८ की निमा डोल्मा तामाङ रहेको रामेछाप प्रहरीले जनाएको छ । मृतकका दाई निर ब तामाङले आज प्रहरी कार्यालयमा आएर शव बुझेका छन । पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका […]

एक हप्तादेखी बेपत्ता दिपेश मानन्धर भेटिए

एक हप्तादेखी बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धर फेला परेका छन । बुधवार साँझ मानन्धर मन्थलीको भैशेश्वर चोकमा भेटिएका हुन । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् । घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश […]

तामाकोसी नदीमा एक महिलाको शव फेला

तामाकोसी नदीमा एक महिलाको शव फेला परेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं २ एक्लेबर स्थित तामाकोसी नदीको बिच भागमा पानीको दहमा महिलाको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । नाम,ठेगाना नखुलेको अन्दाजी वर्ष ४०÷४५ की महिलाको शब आज दिउँसो फेला परेको हो । मृतको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धरलाई फेला पार्ने व्यक्तिलाई उहाँको परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किनुभएको छैन । घरवाट निस्कदा दिपेशले […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ खेलाडी छनौट

बाग्मती प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ जना खेलाडी छनौट भएका छन् । मंगलबार श्री गौरीशंकर बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलाडी छनौट प्रतियोगिता मार्फत २६ जना खेलाडी छनौट भएको जिल्ला तेक्वान्दो संघ रामेछापका उपाध्यक्ष टिकाराम रानामगरले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशमा खेल्ने र प्रदेशवाट छनौटमा परेका खेलाडीहरुले निकट भविष्यमा हुन […]

बैशाखामा हुने चुनावमा अघिल्लो चुनावभन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने आयोगको प्रक्षेपण

निर्वाचन आयोगले आउँदो वैशाखमा हुने स्थानीय तहको चुनावमा अघिल्लो चुनावको भन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरेको छ । यसअघि २०७४ सालमा भएको स्थानीय तहको चुनावमा ८ अर्ब १४ करोड खर्च गरेको आयोगले आउँदो वैशाख महिनामा गर्न लागेको चुनावमा ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ लाग्ने बताएको हो । सको […]

एमसीसीमा विपक्षमा मतदान गरे सत्ता सहकार्य गर्न नसकिने काँग्रेसको निष्कर्ष

नेपाली काँग्रेसले सत्ता साझेदारमा रहेका गठबन्धनभित्रका दलहरूले एमसीसी पारित गराउन नसघाएको खण्डमा थप सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग वास्तममा त्यसो भएको खण्डमा थप सहकार्य नहुने नेपाली काँग्रेसले प्रष्ट पारेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरूसँग आन्तरिक छलफल गर्दै एमसीसीको […]

रामेछापमा घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेन

रामेछाप जिल्लामा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेको छैन । सरकारले असुरक्षित छानामुनि बसोबास गरिरहेकालाई लक्षित गरी यो कार्यक्रम अघि बढाएको हो । गत वर्षसम्म छाना फेर्न ५० हजार रुपैयाँ दिने गरिएकामा चालु आवमा प्रतिपरिवार ७५ हजार रुपैयाँ दिने जनाइएको छ । उक्त रकम लाभग्राहीले सम्झौता गरेपछि […]

मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन आग्रह

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिन आग्रह गरेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा आयोगले बैशाख २९ गते सम्मलाइ कट अफ डेट मान्ने निर्णय गरिसकेको छ । बैशाख २९ गते गते […]