एमसीसी विरुद्ध घोषणा भएको बन्दको प्रभाव रामेछापमा न्युन

एमसीसी विरुद्ध घोषणा भएको बन्दको प्रभाव रामेछापमा न्युन

एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव रामेछापमा न्यून छ । रामेछापमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् । रामेछापमा बन्दको प्रभाव नपरे पनि रामेछाप प्रशासनले सुरक्षाकर्मी र प्रहरी परिचालन गरेको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् । प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार