बालयौन दुरुपयोगको आरोपमा कठजोरका नेपाली पक्राउ

बालयौन दुरुपयोगको आरोपमा कठजोरका नेपाली पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बालयौन दुरुपयोगको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ३ का वर्ष ४२ का रामकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । यहि माघ ३ गते बालिकाको घरमा कोहि नभएको मौकाछोपी नेपालीले बालिकालाई फकाई फुल्याई डर त्रास देखाएर जंगल नजिकैको खोल्सामा लगेर बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

माघ ३ गतेदेखी नै फरार रहेका नेपालीलाई यहि माघ २९ गते कठजोरबाटै पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ । पक्राउ परेका नेपालीलाई जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप भई बालयौन दुरुपयोग मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार