रामेछापमा ९७ हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा ९७ हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ९७ हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ९७ हजार ९ सय २८ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा एक लाख ७ हजार २ सय ८५ जनाले पहिलो मात्रा खोप लगाएका छन ।

जिल्लामा भेरोसेल,कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो । अहिले पनि जिल्लामा खोप अभियान चलिरहेको छ । खोप लगाउन छुटेका नागरीकहरुले आफु नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

अहिले पनि बुस्टर डोज खोप लगाईरहेकाले दोश्रो डोज लगाएको ६ महिना पुरा भएकाहरुले बुस्टर डोज खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको हो । रामेछापमा पछिल्लो समय कोरोना संक्रमित हुनेहरुको संख्या पनि घटेको छ । अहिले जिल्लामा १९ जना मात्रैै कोरोनाका सकृय संक्रमित रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार