रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ ।

महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ हप्तासम्म बाजागाजा सहित लाग्ने मेलामा हायुजातिका पुरुषहरु पुजारी हुन्छन । विभिन्न भाकल तथा दर्शनका लागी यस मेलामा रामेछाप सहित सिन्धुलीका हायु जातिका मानिसहरु र अन्य जातजातीका मानिसहरु पनि दर्शन गर्न आउने गर्छन ।

यहाँ दर्शन गरेपछि मनोकामना पुरा हुने जनविश्वास छ । स्थानिय सरकारले पनि महाकाली देवीको थान संरक्षण गर्न काम गरेको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । नेपालमै सबै भन्दा धेरै हायु जातिको बसोबास रहेको वडा नं ७ मा हायु जातिको संस्कृत संरक्षणमा आफुहरुले काम गरेको उहाँले बताउनुभयो ।

महाकाली देवीको थान संरक्षण गर्न कम्पाउण्ड वाल लगाउने काम सम्पन्न भएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । वाजागाजा र जातिय भेषभुषा राख्नको लागी हायु जातिको संग्राहलय निर्माण गर्ने योजना पनि अघि बढाइएको र नगरपालिकाले गुरु योजना बनाउँदा महाकाली देवीको थानलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा समेटिएको उहाँले बताउनुभयो ।

https://www.youtube.com/watch?v=iW0pt44STbI&t=76s

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार