माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्ने

माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । आज दिउँसो २ लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले  जानकारी दिनुभयो । उहाँका अनुसार कतार एयरको नियमित उडानमार्फत दिउसो १ बजे उक्त खोप नेपाल आइपुग्ने छ। यो खोप केही […]

बार एशोसिएसनले आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना दिँदै

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि विभिन्न चरणका आन्दोलन गर्दैछन् । बारले आजदेखि आउँदो बुधबारसम्म विभिन्न चरणको आन्दोलन गर्न लागेको हो । बारका सदस्य खिमानन्द अधिकारीका अनुसार आज सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर धर्ना दिने, भोलि गेटमा धर्ना दिने, पर्सि कोणसभा गर्ने र बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने तयारी छ […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि सुरु हुँदै 

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि सुरु हुँदैछ । स्कटल्याण्डको ग्लास्गोमा सुरु हुने सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा सहभागित हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली त्यसतर्फ गएको छ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसभेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन […]

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि झन्डै डेढ वर्षदेखि बन्द बस सेवा हिजोदेखि पुनः सञ्चालनमा आएको हो । भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट हिजो बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर प्रवेश दिइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताउनुभयो । […]

अबैध रुपमा नेपाल प्रवेश गर्नेलाई सीमामा कडाई गरिने

सरकारले देशका विभिन्न सीमानाकामा कडाई गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिको हिजो बसेको बैठकमा देशका विभिन्न सीमानाकामा कडाई गर्ने विषयमा छलफल भएको हो । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा हिजो बसेको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमानाकामा थप कडाइ गर्ने निर्णय गरेको हो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी […]

खाना पकाउने ग्यास सहित इन्धनको मूल्य बढाइयो

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।निगमले गएराति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रूपैयाँ बढेको छ।योसँगै पेट्रोलको मूल्यलिटरको १ सय ३३ रूपैयाँ […]

आज पहाडी भू–भागबाहेकका ठाउँको मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भ–ूभागबाहेकका ठाउँको मौसम सफा रहने बताएको छ । मौसम बदली गराउने वा पानी पार्ने प्रणाली नभएका कारण पहाडी बाहेकका भेगको मौसम सफा हुने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार पहाडी भेगमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना रहेको छ । […]

रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो । गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री […]

बारले आज प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आन्दोलनको बारेमा छलफल गर्न बार कार्यसमितिको बैठक आज बस्दैछ । बैठकबाट जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जबराबाट राजीनामा आउने अपेक्षा बारले गरेको थियो तर त्यसो नभएपछि आज बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा […]

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा२० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दैआज बेलायत जाँदै हुनुहुन्छ । स्कटल्यान्डको ग्लागोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली आज बिहान १० बजे बेलायत जान लागेको हो । प्रधानमन्त्री देउवा कतार एयरको उडानबाट बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ […]