बालमैत्री नगरपालिका घोषणाका लागी २ दिने अभिमुखिकरण सुरु

बालमैत्री नगरपालिका घोषणाका लागी २ दिने अभिमुखिकरण सुरु

बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यशाला रामेछाप नगरपालिकामा आजदेखी सुरु भएको छ । बालमैत्री नगरपालिका घोषणाका लागी सरोकारवालाहरुको बालमैत्री अवधारणा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै नगरलाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्यले अभिमुखिकरण गरिएको नगरपालिकाले जनाएको छ ।

भोलिसम्म चल्ने कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला, २७ वटा सेवाप्रवाह र १२ संस्थागत सुचकहरु, सुचकहरुको सरलिकरण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा प्रशिक्षक विष्णु प्रसाद चतुर्वेदीले सहजीकरण गरिरहनुभएको छ ।

अभिमुखिकरण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडाध्यक्षहरु,वडाकासचिवहरु,नगरपालिकाकाकर्मचारी,बिद्यालयकाप्रधानाध्यापकहरु,सुरक्षा निकायका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार