सबैसँग समन्वय र सहकार्य गरेर काम गर्छु : अध्यक्ष यमकुमार पाख्रिन

सबैसँग समन्वय र सहकार्य गरेर काम गर्छु : अध्यक्ष यमकुमार पाख्रिन

जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीका अध्यक्ष यमकुमार पाख्रिनले अस्पतालको विकासमा सबैँसँग समन्य र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला अस्पतालमा आज पद्भार ग्रहण गर्दै उहाँले सबैको साथ र सहयोगले मात्रै अस्पताललाई विकास गर्न सकिने बताउनुभयो ।

सबै राजनिती दल,जनप्रतिनिधी,स्वास्थ्यकर्मी,पत्रकार,समाजेवी लगायतको सुझाव र सल्लाहलाई ग्रहण गर्दै आफुले काम गर्ने उहाँले बताउनुभयो । पाख्रिनले अस्पतालको समग्र विकासमा आफु निरन्तर लागिपर्ने बताउनुभयो । यसभन्दा अघि अस्पतालमा भएका राम्रा काहरुलाई निरन्तरता दिँदै केही सेवाहरु थप गर्ने योजनामा आफु रहेको उहाँको भनाई थियो ।

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,तामाकोशी अस्पताल मन्थलीका अध्यक्ष गोविन्द घिमिरे,नेपाली कांग्रेस रामेछापका उपसभापती लेख ब कार्की,माओवादी केन्द्र रामेछाप नगरपालिकाका अध्यक्ष मोतिलाल तामाङ लगायतले अध्यक्ष पाख्रिनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको माघ २८ गतेको निर्णय अनुसार जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीको अध्यक्षमा पाख्रिन मनोनित हुनुभएको हो । रामेछाप नगरपालिका वडा नं ६ का पाख्रिन नेपाली कांग्रेस रामेछाप नगरका सहसचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार