पदमा नरहेपनि अस्पतालको विकासमा सँधै लागि पर्छु : रोशन पाख्रिन

पदमा नरहेपनि अस्पतालको विकासमा सँधै लागि पर्छु : रोशन पाख्रिन

जिल्ला अस्पताल रामेछापका निवर्तमान अध्यक्ष रोशन पाख्रिनले आफु पदमा नरहे पनि जिल्ला अस्पतालको विकासमा पदमा रहे सरह नै काम गर्ने बताउनुभयो । जिल्ला अस्पताल रामेछापमा आज पुरानो अध्यक्षलाई विदाई तथा नयाँ अध्यक्षलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले लामो समय अस्पतालको विकासमा आफुले दिनरात नभनी काम गरेको स्मरण गनुभयो । कोरोना माहामारीको निकै कठिनपुर्ण समयमा जनशक्ति व्यवस्थापन,औषधि उपचार,अस्पतालमा आवश्यक यन्त्र उपकरण व्यवस्थापन जस्ता कामहरुमा निकै कष्टका साथ काम गरेको उहाँले बताउनुभयो ।

उहाँले आफनो कार्यकाल बारे जानकारी गराउँदै अस्पतालको विकास र विस्तारको लागी आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आफुले दुख गरेर यतिको बनाएको अस्पतालमा आफनो माया रहेको भन्दै उहाँले अपतालको विकासमा सँधै लागि पर्ने बताउनुभयो । कोरोना माहामारीको बेला रामेछाप नगरपालिकाले अस्पताललाई धेरै नै सहयोग गरेको भन्दै निर्वमान अध्यक्ष पाख्रिनले सबै स्थानिय तहहरुले जिल्ला अस्पताललाई आफनो अस्पतालको रुपमा ग्रहण गर्न सके मात्रै जिल्लाका धेरै विरामीहरुले सेवा लिन पाउने बताउनुभयो ।

भर्खरै बाग्मती प्रदेश सरकारबाट मानोनित भएर आउनुभएका अस्पताल विकास समितीका अध्यक्ष यमकुमार पाख्रिनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वमान अध्यक्ष पाख्रिनले आफनो कार्यकालमा भएका कामहरु,समस्या तथा चुनौतीहरुको बारेमा पनि जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,तामाकोशी अस्पताल मन्थलीका अध्यक्ष गोविन्द घिमिरे,नेपाली कांग्रेस रामेछापका उपसभापती लेख ब कार्की,माओवादी केन्द्र रामेछाप नगरपालिकाका अध्यक्ष मोतिलाल तामाङ लगायतले निवर्तमान अध्यक्ष पाख्रिनले गरेको कामको प्रशंसा गरेका थिए ।

जिल्ला अस्पताल रामेछापमा रोशन पाख्रीनको कार्यकालमा भएका राम्रा कामहरु : 

जिल्ला अस्पतालमा हाल जिल्लामै शल्यक्रिया तथा आकस्मिक प्रसुति शल्यक्रिया सेवा सञ्चलान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं र रामेछाप नगरपालिकाको सहयोगमा विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह

वागमती प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट निर्माण  

वागमती प्रदेश सरकारको सहयोगमा पिसिआर ल्याप सञ्चालन

कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न ३० वेडको आइसुलेसन सञ्चालन तथा व्यवस्थापन

२ वेड सहितको कोभिड–१९ इमर्जेन्सी सञ्चालन

दैनिक एन्टिजेन परीक्षण र स्वाब परीक्षण

नयाँ मेसिन औजार उपकरणहरु खरि द तथा प्राप्त

ई हाजिरी, अस्पतालको वेवसाइट निर्माण, ई विलिङको व्यवस्था,

रामेछाप नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी आँखा उपचार सेवा सुरु

सामाजिक विकास मन्त्रालय वागमति प्रदेश सरकारसँग समन्वय गरी दन्त चिकित्सकको व्यवस्था गरी सेवा सञ्चालन

प्रयोगशाला सेवामा परीक्षणको संख्याहरु थप गरि सञ्चालन

जिल्ला अस्पतालको ५ वर्षे गुरु योजना निर्माण कार्य प्रारम्भ

कोभिड–१९ व्यवस्थापन गर्न विभिन्न निकायहरुसँग समन्वय गरी ७४ वटा ठूलो अक्सिजन सिलिण्डर र अन्य सामग्रीहरु सहयोग
५० वेड अस्पताल स्वीकृतको लागि प्रदेश सरकारसँग समन्वय

जर्मनी सरकारको सहयोगमा निर्णाण गरिएको अत्याधुनिक भवनबाट अस्पतालको सेवाहरु प्रवाह
पिक भ्यान गाडि व्यवस्थापन

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार