प्रतिनिधिसभामा एमसीसी छलफलका लागि प्रस्ताव पेश हुने

प्रतिनिधिसभामा एमसीसी छलफलका लागि प्रस्ताव पेश हुने

प्रधानमन्त्री शेरबहादुर देउवा सँग प्रमृख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा अाेली सहित नेताहरूसँग छलफल ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि प्रस्ताव पेश हुने भएको छ । यसअघि हिजो नै प्रस्ताव पेस गर्ने तयारी गरिएको भनिएपनि अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार छलफलका लागि पेश भएपनि प्रतिनिधिसभा सदस्यले यसबारेमा आ–आफ्नो धारणा राख्नेछन् । त्यसपछि एमसीसीका बारेमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि ध्वनी मतले पास भए छलफलका लागि निर्णायार्थ पेश हुने उहाँले जानकारी दिनुभयो ।

सरकारको नेतृत्व गरिरहेको पाँच दलको गठबन्धनमा अहिलेसम्म काँग्रेसले एमसीसी संसद्बाट पारित गर्ने निर्णय गरेको भएपनि अरु दलले भने अहिले कै अवस्थामा पारित हुन नहुने बताइरहेका छन् । यसैबीच काँग्रेसले बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।

माओवादी केन्द्रले भने गठबन्धन जोगाउनको लागि मात्रै एमसीसी टेबल गर्न दिएको बताउँदै यसको पक्षमा मतदान नगर्ने दाबी गरेको छ । सत्ताघटक अर्को दल नेकपा एकिकृत समाजवादीले भने एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्ना माग पूरा नभएसम्म समर्थन नगर्ने अडान लिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले पनि एमसीसीलाई पारित गर्नुपर्ने बताइसकेको छ । एमसीसी पारित गर्नको लागि हाल सम्म काँग्रेसलाइ, जसपा र लोसपाको साथ रहने देखिएको छ । एमसीसीको विरोधमा नागरिक स्तरबाट पनि प्रर्दशन भइरहेको छ । एमसीसी संसद्मा पेस भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार