तामाकोसी नदीमा एक महिलाको शव फेला

तामाकोसी नदीमा एक महिलाको शव फेला

तामाकोसी नदीमा एक महिलाको शव फेला परेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं २ एक्लेबर स्थित तामाकोसी नदीको बिच भागमा पानीको दहमा महिलाको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । नाम,ठेगाना नखुलेको अन्दाजी वर्ष ४०÷४५ की महिलाको शब आज दिउँसो फेला परेको हो । मृतको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार