रामेछापमा घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेन

रामेछापमा घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेन

रामेछाप जिल्लामा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेको छैन । सरकारले असुरक्षित छानामुनि बसोबास गरिरहेकालाई लक्षित गरी यो कार्यक्रम अघि बढाएको हो । गत वर्षसम्म छाना फेर्न ५० हजार रुपैयाँ दिने गरिएकामा चालु आवमा प्रतिपरिवार ७५ हजार रुपैयाँ दिने जनाइएको छ । उक्त रकम लाभग्राहीले सम्झौता गरेपछि २ किस्तामा उपलब्ध गराइन्छ ।

सहरी विकास मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमको अपेक्षित लाभग्राही पहिचानका लागि स्थानीय तहलाई अनुरोध गरिए पनि आवेदन नपरेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ । २०७२ को विनाशकारी भूकम्पबाट अति प्रभावित रामेछापमा अधिकांश परिवारले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिएकाले पनि छाना फेर्ने घरपरिवार नभेटिएको हुन सक्ने आयोजनाको भनाइ छ । सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ मा कुनै निकायबाट आवास पुनर्निर्माणका लागि अनुदान पाएको व्यक्तिले सुरक्षित आवास सुविधाको अनुदान नपाउने उल्लेख छ । ८ वटै पालिकामा २५ परिवारका दरले अनुदान दिइनेछ ।

(हामिले यो समाचार ईकान्तिपुरबाट लिएका हौँ ) 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार