एक हप्तादेखी बेपत्ता दिपेश मानन्धर भेटिए

एक हप्तादेखी बेपत्ता दिपेश मानन्धर भेटिए

एक हप्तादेखी बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धर फेला परेका छन । बुधवार साँझ मानन्धर मन्थलीको भैशेश्वर चोकमा भेटिएका हुन । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् । घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश गाडी चढेर काठमाण्डौं तर्फ गएको उनले बताएका छन् ।

उनी काठमाण्डौंमा गएर साथीहरुसँग बसेको र पछि साथीहरुसँग विदा मागेर आफै घर आएको दिपेशले आफ्नो बुबा आमालाई जानकारी गराएका छन् । दिपेशले काठमाण्डौं जान्छु भन्दा घरमा अभिभाबकहरुले गाली गर्ने डरले नभनी आफुखुशी गएको बताएका छन् । काठमाण्डौंवाट गाडी चढेर घर फर्किएका दिपेशले भैश्वेश्वर चोकमा रोकेको गाडीवाट झरेर पसलमा सामान किन्न लाग्दा व्यवसायीहरुले चिनेपछि उनलाई दिपेशको घरसम्म ल्याइदिएका थिए ।

एकहप्ता देखी हराएका दिपेश घरमा आएपछि घरपरिवारका सदस्य तनावमुक्त भएका छन् । दिपेश घरमा आएसँगै उनका बुबा दिलकुमार मानन्धरले हराएको छोरा सम्र्पकमा आएकाले खुशी व्यक्त गरेका छन् । त्यस्तै उनले एकहप्तासम्म खोजतालसमा संलग्न सबैलाई सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार