बैशाखामा हुने चुनावमा अघिल्लो चुनावभन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने आयोगको प्रक्षेपण

बैशाखामा हुने चुनावमा अघिल्लो चुनावभन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने आयोगको प्रक्षेपण

निर्वाचन आयोगले आउँदो वैशाखमा हुने स्थानीय तहको चुनावमा अघिल्लो चुनावको भन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरेको छ । यसअघि २०७४ सालमा भएको स्थानीय तहको चुनावमा ८ अर्ब १४ करोड खर्च गरेको आयोगले आउँदो वैशाख महिनामा गर्न लागेको चुनावमा ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ लाग्ने बताएको हो ।

सको लागि आयोगले अर्थ मन्त्रालयसँग बजेट निकासाको माग गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले मूल्य वृद्धि, कर्मचारीको तलबमा भएको वृद्धि, गत चुनावमा भन्दा अहिले थपिएका ३८ लाख मतदाता संख्या, मतदाता र मतदान केन्द्रको वृद्धि भए अनुसार हुने मतपत्र र निर्वाचन सामग्रीको वृद्धि तथा कोभिड–१९ को व्यवस्थापनमा हुने खर्च लगायतका कारणले खर्च बढ्ने देखिएको बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष मतदाता शिक्षाको लागि मात्रै २४ करोड १७ लाख रूपैयाँ बजेट प्रस्ताव गरिएको छ । अघिल्लो चुनावमा मतदाता शिक्षामा करिब ८० करोड ६० लाख रूपैयाँ खर्च भएको थियो । खर्च बढ्ने भएपनि मितव्यायी तरिकाले आयोग अघि बढेको आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार