एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धरलाई फेला पार्ने व्यक्तिलाई उहाँको परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किनुभएको छैन ।

घरवाट निस्कदा दिपेशले निलो ज्याकेट, खैरो जुत्ता र जिन्सको पाइन्ट लगाउनुभएको थिए । विहिवार घरवाट निस्किनुभएका उहाँ हालसम्म पनि परिवारका सदस्यहरु माझ सम्पर्कमा आउनुभएको छैन । घरपरिवारमा सम्पर्कमा नआएका उहाँको खोजीको लागि उहाँको घरपरिवारका सदस्य, आफन्तहरु, जिल्ला प्रहरी कार्यालय र रासमको टिम समेत खोजी कार्यमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार