प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ खेलाडी छनौट

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ खेलाडी छनौट

बाग्मती प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ जना खेलाडी छनौट भएका छन् । मंगलबार श्री गौरीशंकर बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलाडी छनौट प्रतियोगिता मार्फत २६ जना खेलाडी छनौट भएको जिल्ला तेक्वान्दो संघ रामेछापका उपाध्यक्ष टिकाराम रानामगरले जानकारी दिनुभयो ।

जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशमा खेल्ने र प्रदेशवाट छनौटमा परेका खेलाडीहरुले निकट भविष्यमा हुन लागि रहेको २४ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागीता जनाउने उपाध्यक्ष रानामगरले बताउनुभयो । जिल्लाबाट सिनियर पुरुष तर्फ ८,सिनियर महिला तर्फ ८,जुनियर पुरुष तर्फ ५ र जुनियर महिला तर्फ ५ गरी २६ जना खेलाडी छनोट भएका हुन ।

सिनियर पुरुष तर्फ अनिष बस्नेत,लेखनाथ तामाङ,गोपिनारायण श्रेष्ठ,रविन्द्र मगर र केबल तामाङ छनोटमा परेका छन । सिनियर महिला तर्फ सविना सुनुवार,देविका तामाङ,नविना सुनुवार र अनिता कार्की छनोट भएका छन । जुनियर पुरुष तर्फ विजय सेन्चुरी,गोकर्ण पाख्रिन,पर्वत तामाङ,पुस्पा तामाङ र रितुष थापा छनोट भएका छन । महिला जुनियर तर्फ निकिता कार्की,रमा मगर र करिस्मा नेपाली लगायतका खेलाडी छनोटमा परेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार