तामाकोसी नदीमा फेला परेको शवको पहिचान खुल्यो

तामाकोसी नदीमा फेला परेको शवको पहिचान खुल्यो

तामाकोसी नदीमा हिजो फेला परेको महिलाको शवको पहिचान खुलेको छ । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ की वर्ष ३८ की निमा डोल्मा तामाङ रहेको रामेछाप प्रहरीले जनाएको छ । मृतकका दाई निर ब तामाङले आज प्रहरी कार्यालयमा आएर शव बुझेका छन । पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका वडा नं २ एक्लेबर स्थित तामाकोसी नदीको बिच भागमा पानीको दहमा हिजो तामाङको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार