सुकाजोर रजयछापका आगलागी पीडितलाई नगद ५० हजारसहित चामल र डस्ना सहयोग

शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिका वडा नं ७ का स्थानिय धु्रव बस्नेत र झलक बस्नेत(दाजुभाई)ले संयुक्त रुपमा नगद ५० हजार रकम सहयोग गर्नुभयो । त्यसैगरी पशुपति कपान कटास उद्योगका सन्चालक सरोज आले मगरले आगलागी पीडितलाइ ११ थान डस्ना वितरण गर्नुभयो । त्यसैगरी लिखुतामाकोशी गाउँपालिका […]

रामेछापको रजयछापमा भिषण आगोलागी ११ घर जलेर नष्ट,आगो नियन्त्रणमा लिन समस्या

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागी भएको छ । आज दिउँसो रजयछापमा आगोलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । रजयछापका चिरन्जिवी श्रेष्ठ,एकलाल श्रेष्ठ,हिम लाल श्रेष्ठ,भिमलाल श्रेष्ठ, दलबहादुर मगर, ठेकबहादुर मगर, चेत बहादुर मगर, इश्वरीलाल श्रेष्ठ, धनबहादुर श्रेष्ठ,धन ब मगर र शंकरकुमार श्रेष्ठको घर जलेर नष्ट भएको वडाअध्यक्ष समिर कार्कीले जानकारी […]

रामेछापको रजयछापमा भिषण आगोलागी १३ घर जलेर नष्ट

रामेछापको रामेछाप  नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागी भएको छ । आज दिउँसो रजयछापमा आगोलागी हुँदा १३ घर जलेर नष्ट भएको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले जानकारी दिनुभयो । स्थानियका अनुसार विद्युत सर्ट भएर एक घरमा आगोलागी भएको र उक्त आगो फैलिएर अन्य घरहरुमा पनि क्षति पुगेको असई चौलागाईले बताउनुभयो । […]

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिए

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन । जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा भर्ना हुन १६ सय ७५ जनाले आवेदन दिएका हुन । नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना हुनको लागी आइतबारदेखि शुक्रबारसम्म आवेदन खुला गरेको थियो । यो अवद्यीमा १६ सय ७५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब […]

रामेछाप सुकाजोरका खड्का चोरी मुद्दामा पक्राउ

चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई ११ वर्षदेखि फरार रहेका रामेछाप ७ सुकाजोरका श्यामकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार खड्कालाई शुक्रबार सुकाजोरको धिपिडाँडाबाट पक्राउ गरिएको हो । उनलाई अदालतले १ महिना ४ दिन कैद र ५२ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो । फैसला […]

समाजसेवी केशब आचार्यद्वारा सडक पेटीमा बस्ने घरवार विहीनहरुलाई खाना वितरण

हाल ओहायो राज्यको कोलम्बस शहरमा बस्दै आउनुभएका समाजसेवी केशब आचार्यले काठमाडौंको चिसो सडक पेटीमा रात बस्न बाध्य भएका ८० जना भन्दा बढी वृद्ध आमाबुबाहरु लगायत गरीब दुःखी, अशक्त एव असहायहरुलाई रातको तातो खाना खुवाउनुभएको छ । समाजसेवी केशब आचार्य पछिल्लो समय सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । यस संसारमा आफू मात्र बाँचेर हुँदैन अरुलाई पनि बचाउनुपर्छ […]

बलात्कारको आरोपमा रामेछापका एक युवक पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे ईटाभट्टामा काम गर्ने रामेछापको खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो । ती किशोरीलाई दिनेशले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले […]

युवकमाथि खुकुरी प्रहार गर्ने रामेछाप दुई युवक सहित ५ जना पक्राउ

काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरठिमीका–२३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकका २३ वर्षीय प्रविण नेपाल र रामेछापका २७ वर्षीय संजिव मोक्तान रहेका छन् । बुधबार ललितपुरको महालक्ष्मीथान बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८÷९ जनाको […]

नेपालका तत्काल लोडसेडिङ नहुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाई

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा तत्काल लोडसेडिङ नहुने बताउनु भएको छ ।विगत केहि दिन यता औधोगिक क्षेत्रका अघोषीत लोडसेडिङ हुन थालेको भन्दै उद्योगीहरुले असन्तुष्टी व्यक्त गरिरहेको बेलाआज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नु हुदै उहाँले विद्युत आपूर्तिमा केही सङ्कट आए पनिनेपालमा तत्काल लोडसेडिङ नहुने बताउनु भयो । सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि […]

कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने समय थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने समयसीमा पुनःथप गरेको छ । यसअघि बोर्डले गत माघ ७ गतेसम्म समयसीमा राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म थप गरेको थियो । बोर्डले दोस्रो पटक समय थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको […]