रामेछापको रजयछापमा भिषण आगोलागी १३ घर जलेर नष्ट

रामेछापको रजयछापमा भिषण आगोलागी १३ घर जलेर नष्ट

रामेछापको रामेछाप  नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागी भएको छ । आज दिउँसो रजयछापमा आगोलागी हुँदा १३ घर जलेर नष्ट भएको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले जानकारी दिनुभयो । स्थानियका अनुसार विद्युत सर्ट भएर एक घरमा आगोलागी भएको र उक्त आगो फैलिएर अन्य घरहरुमा पनि क्षति पुगेको असई चौलागाईले बताउनुभयो । आगो के कारणले लागेको भन्ने खुलेको छैन । प्रहरी,सेना र स्थानियहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भएपनि अप्ठ्यारो ठाउँ र भिरपाखा भएको कारणले आगो नियन्त्रणमा लिन निकै समस्या भएको प्रहरीले जनाएको छ । आगोले रजयछाप पुरै गाउँ जोखिमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार