समाजसेवी केशब आचार्यद्वारा सडक पेटीमा बस्ने घरवार विहीनहरुलाई खाना वितरण

समाजसेवी केशब आचार्यद्वारा सडक पेटीमा बस्ने घरवार विहीनहरुलाई खाना वितरण

हाल ओहायो राज्यको कोलम्बस शहरमा बस्दै आउनुभएका समाजसेवी केशब आचार्यले काठमाडौंको चिसो सडक पेटीमा रात बस्न बाध्य भएका ८० जना भन्दा बढी वृद्ध आमाबुबाहरु लगायत गरीब दुःखी, अशक्त एव असहायहरुलाई रातको तातो खाना खुवाउनुभएको छ । समाजसेवी केशब आचार्य पछिल्लो समय सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । यस संसारमा आफू मात्र बाँचेर हुँदैन अरुलाई पनि बचाउनुपर्छ भन्ने पवित्र विचारका समाजसेवी आचार्य विभिन्न सामाजिक संघ संस्थामा आवद्द रही काम गर्दै आउनुभएको छ ।

काठमाडौंमा रहेका बेसहारा भएका व्यक्तिहरुलाई युवा समाजसेवी प्रदिप घिमिरेले विगत २ वर्ष देखी सहयोगी हातहरुको सहयोगबाट खाना खुवाउँदै आएका छन् । उनको परोपकारी कार्यमा स्वदेश तथा विदेशमा बस्दै आउनुहुने व्यक्तिहरुले साथ दिँदै आउनुभएको छ ।

प्रदिपले गरेको मानवीय कार्यमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ समाजसेवी केशब आचार्यले । उहाँले ती बेसहारा भएका व्यक्तिहरुलाई कम्तिमा पनि महिनाको १ दिन भोजन सेवा गराउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँको परोपकारी कार्यलाई हामी सबैले सलुट गदृछौं । हामी सबैले एक एक दिन सहयोग गरे कोही पनि भोकै मर्न पर्ने अवस्था आउने थिएन भन्ने पवित्र विचार व्यक्त गर्नुभएको छ । भोजन सेवा जस्तो पवित्र कार्यमा हामी सबैको सहयोग हुन नितान्त जरुरी छ ।

समाजसेवी केशब आचार्य भन्नुहुन्छ हामीमा विशाल हृदय छ, हामी संस्कारी परिवारमा जन्मिएका÷हुर्किएका संसारकै उच्च कोटीका नमुना मानव हौं । हामी मानव हुनुको नाताले दुःख पीडामा परेका जो कोहीलाई पनि सहयोग गर्नुपर्दा हामी कहिल्यै एक इन्च पनि पछि हट्दैनौ र हट्नु पनि हुन्न । समाज सेवा गर्न पाउँदा म व्यक्तिगत रुपमा गौरवान्वित भएको छु । हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु समाज सेवा प्रति सँधैव समर्पित होस भन्ने सोच राख्दछु । मेरो मुख्य उद्देश्य भनेकै यस पृथ्वीलोकमा कोही पनि भोक–भोकै मर्न पर्ने अवस्था श्रृजाना नहोस भनी संधै प्राथना गर्दछु । एक दिन हामीले यस सुन्दर संसारबाट कहिल्यै पनि नउदाउने गरी अस्ताउनु पर्दछ । हामी जन्मदा खाली हात आएका थियौं, मरेर जाँदा खाली हातै जाने हो । आफूले कमाएका धन, सम्पति, दौलत जे जति भए पनि छाडेर जानु पर्दछ । साथमा जाने भनेको आफूले गरेको कर्म मात्र हो । हामीले बाचुञ्जेल जे जस्तो कर्म गछौं त्यस्तै कर्म लिएर जान्छौं । हामीले गरेको प्रत्यक कर्मबाट नै आफ्ना सन्तानको भाग्य रेखा कोरिन्छ ।विभिन्न धर्म शास्त्रानुसार संसारकै सबैभन्दा उत्कृष्ट दान मध्येको प्रथम दान हो भोजन दान जसले प्राण बचाउने कार्यमा कोशे ढुङ्गा स्थापित हुन्छ ।

अन्तमा समाजसेवी आचार्य भन्नृहुन्छ – सेवा नै धर्म हो, आफू पनि बचौं, अरुलाई पनि बचाऊँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार