रामेछाप सुकाजोरका खड्का चोरी मुद्दामा पक्राउ

रामेछाप सुकाजोरका खड्का चोरी मुद्दामा पक्राउ

चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई ११ वर्षदेखि फरार रहेका रामेछाप ७ सुकाजोरका श्यामकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार खड्कालाई शुक्रबार सुकाजोरको धिपिडाँडाबाट पक्राउ गरिएको हो ।

उनलाई अदालतले १ महिना ४ दिन कैद र ५२ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनको लागि खड्कालाई शुक्रबार नै रामेछाप जिल्ला अदालतमा बुझाइएको थिङले बताउनुभयो ।

अदालतबाट फैसला भएपछि दोषी ठहर भएका व्यक्तिहरु वर्षौंदेखि लुकिछिपी हिँडिरहेको सूचनाका आधारमा प्रहरीले केही दिन अघिदेखि खोजबिनलाई तीव्र पारेको छ । बुधबार मात्र प्रहरीले विभिन्न घटनामा सम्लग्न भई अदालतबाट दोषी ठहर भएका ६ जना फरार सूचीका व्यक्तिहरुलाई पक्राउ गरी अदालतमा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार