गौरीशंकर माविले बस सेवा सुरू गर्दै,विद्यालयमा आईपुग्यो बस

गौरीशंकर माविले बस सेवा सुरू गर्दै,विद्यालयमा आईपुग्यो बस

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यालय बस सेवा सुरू गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन विद्यालय बस सन्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्ण मगरले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्दै टाढाटाढाका विद्यार्थीहरुको सहजताका लागी बस सेवाले टेवा पुग्ने उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक निर बहादु्र कार्कीले अबको केहि समय भित्रै विद्यालय व्यवस्थापन समितीको बैठक बसेर के कसरी र काहाँ काहाँ बस सेवा सन्चालन गर्ने भन्ने बारेमा निर्णय गरिने बताउनुभयो । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी घन्टौं हिँडेर आउनुपर्ने बाध्यतामा छन् । उनीहरूलाई सहज रूपमा विद्यालयको पहुँचमा ल्याउन बस खरिद गरिएको हो । विद्यालय बस सेवा सन्चालन हुने भएपछि विद्यार्थी पनि खुशी भएका छन । विद्यालय बस अहिले विद्यालयको प्राङ्गणमा ल्याएर राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार