नेपालका तत्काल लोडसेडिङ नहुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाई

नेपालका तत्काल लोडसेडिङ नहुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाई

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा तत्काल लोडसेडिङ नहुने बताउनु भएको छ ।विगत केहि दिन यता औधोगिक क्षेत्रका अघोषीत लोडसेडिङ हुन थालेको भन्दै उद्योगीहरुले असन्तुष्टी व्यक्त गरिरहेको बेलाआज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नु हुदै उहाँले विद्युत आपूर्तिमा केही सङ्कट आए पनिनेपालमा तत्काल लोडसेडिङ नहुने बताउनु भयो ।

सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको पनि उहाँले बताउनुभयो ।तर यो समस्या केहि दिन मै समाधान हुने उहाँको दाबी छ । भारतमा विजुलीको माग बढेपछि विद्युत प्राधिकरणले केही दिनयता भारतबाट विजुली किन्न नसकेको र जसले गर्दा कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको घिसिङको भनाइ छ । विद्युत प्राधिकरणले स्वदेशी विजुलीको माग धान्न भारतबाट प्रतियुनिट ३६ रूपँैया सम्ममा विजुली खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार