बलात्कारको आरोपमा रामेछापका एक युवक पक्राउ

बलात्कारको आरोपमा रामेछापका एक युवक पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे ईटाभट्टामा काम गर्ने रामेछापको खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो । ती किशोरीलाई दिनेशले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार