रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिए

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिए

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन । जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा भर्ना हुन १६ सय ७५ जनाले आवेदन दिएका हुन । नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना हुनको लागी आइतबारदेखि शुक्रबारसम्म आवेदन खुला गरेको थियो । यो अवद्यीमा १६ सय ७५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ सय ६ जना पुरुष र ३ सय ६९ जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई चैत्र १३ गतेबाट भर्ना छनोट गरी २२ गते अन्तिम नतिजा सार्वजनिक गरिने छ । छनोट भएकाहरूलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार