युवकमाथि खुकुरी प्रहार गर्ने रामेछाप दुई युवक सहित ५ जना पक्राउ

युवकमाथि खुकुरी प्रहार गर्ने रामेछाप दुई युवक सहित ५ जना पक्राउ

काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरठिमीका–२३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकका २३ वर्षीय प्रविण नेपाल र रामेछापका २७ वर्षीय संजिव मोक्तान रहेका छन् । बुधबार ललितपुरको महालक्ष्मीथान बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८÷९ जनाको समूहले खुकुरी प्रहार गरेर फरार भएका थिए । उनीहरुबीच आर्थिक कारोबार र प्रेम सम्बन्धि विषयमा बिबाद भएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार