सुकाजोर रजयछापका आगलागी पीडितलाई नगद ५० हजारसहित चामल र डस्ना सहयोग

सुकाजोर रजयछापका आगलागी पीडितलाई नगद ५० हजारसहित चामल र डस्ना सहयोग

शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिका वडा नं ७ का स्थानिय धु्रव बस्नेत र झलक बस्नेत(दाजुभाई)ले संयुक्त रुपमा नगद ५० हजार रकम सहयोग गर्नुभयो ।

त्यसैगरी पशुपति कपान कटास उद्योगका सन्चालक सरोज आले मगरले आगलागी पीडितलाइ ११ थान डस्ना वितरण गर्नुभयो । त्यसैगरी लिखुतामाकोशी गाउँपालिका वडा नं ५ का रिया मगरले ११ बोरा चामल सहयोग गर्नुभयो ।

आगलागी पीडितलाइ सहयोग आउने क्रम जारी छ । शनिबार दिउँसो आगलागीबाट धन बहादुर श्रेष्ठ, ठेक बहादुर मगर, एकलाल श्रेष्ठ, हिमलाल श्रेष्ठ, चिरन्जीवी श्रेष्ठ, इश्वरीलाल श्रेष्ठ, धन बहादुर मगर, दल बहादुर मगर, भिमलाल श्रेष्ठ र चेत बहादुर मगरको घर जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार