रामेछाप नगरपालिकाद्धारा ३० जना उत्कृष्ट कृषकलाई सम्मान

रामेछाप नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज नगरपालिकाले नगरभरीका ३० जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । कृषि र पशुपालन व्यवसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका ३० जना कृषकहरुलाई सम्मान गरिएको रामेछाप नगरपालिका कृषि शाखाले जानकारी दिएको छ । नगरपालिकाले उत्कृष्ट ३० जना कृषकलाई जनही २० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको […]

रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । सुचना अधिकारी थापाले आर्थिक बर्ष […]

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारी अभाव, काम प्रभावित

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारीको अभावले काम प्रभावित भएको छ । कर्मचारीको कमिका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि ज्ञान केन्द्र रामेछापलाई दोलखा जिल्लाको समेत जिम्मेवारी दिइएको छ । केन्द्रमा १० जना अधिकृतको दरबन्दी हो । कार्यालय प्रमुखसहित अहिले ६ जना मात्र छन् । अन्य अधिकृत नहुँदा […]

सुकाजोरको लागी आईपुग्यो एम्बुलेन्स,बिरामीलाई हुने भयो सहज

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको छ । वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीको पहलमा सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको हो । सुकाजोर स्वास्थ्य चौकीको नाममा भारत सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त भएको वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । वडाका लागी एम्बुलेन्स प्राप्त भएसँगै अब के कसरी सन्चालन […]

रामेछाप नगर उद्योग वाणिज्य संघले मनायो ७ औँ स्थापना दिवस

रामेछाप नगर उद्योग वाणिज्य संघले आज ७ औँ स्थापना दिवस मनाएको छ । संघको कार्यालय रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यता र रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा मनाइएको ७ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा विभिन्न कार्यक्रमहरु भएका […]

जिल्ला अस्पताल रामेछाप परिसरमा विभिन्न जातका फलफुलका बिरुवा रोपिए

जिल्ला अस्पताल रामेछाप परिसरमा विभिन्न जातका फलफुलका बिरुवा रोपिएको छ । अस्पताल परिसरमा लिचि,कागती,अम्बा,टिमुर र लौठ सल्लाका बिरुवाहरु रोपिएको अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । डिभिजन वन कार्यलय रामेछापबाट प्राप्त भएका ति फलफूलका विरुवाहरु रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी,डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामकृष्ण के.सी,रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,गोरख गणका गणपति […]

रामेछापमा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै

रामेछापमा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै गएको छ । असारे भाका नेपालको विभिन्न भेगमा आ–आफ्नै शैलीले गाउने गरिएको छ । रामेछापमा भने पञ्चेबाजाको लयमा असारे गीत गाउने गरिन्थ्यो । वर्षभरी खाने अन्नको जोहो हुने भएकाले किसानहरू रोपाईँलाई पर्वकै रुपमा मनाउने गर्थे । तर रोपाईँमा गाइने यस्ता गीतको चलन हराउँदै गएको छ । […]

१५ वर्षीय बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ

रामेछापको मन्थली नगरपालिका ६ का २८ वर्षिय गोविन्द माझीलाई बालिका जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । गत मंगलबार सिन्धुलीको ग्वालटारबाट माझीलाई प्रहरीले पक्राउ गरेको हो । रामेछापको मन्थली बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा एक १५ वर्षीय बालिकामाथी जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि माझीलाइ पक्राउ गरिएको जिल्ला […]

बिद्युत सेवा अनियमित भएको भन्दै रामेछापमा विद्युत कार्यालय घेराउ

रामेछापमा नागरिक संस्थाका अगुवा र ब्यवसायीहरुले बिद्युत प्रधिकरणको कार्यालय घेराउ गरेका छन् । विद्युत सेवामा भएको अनियमिता संगै उद्योग तथा कल कार्खाना र कार्यालयको दैनिक काममा समस्या भएपछि हैरान भएका उपभोक्ताहरुले समस्याका बारेमा आज कार्यालय प्रमुख कृष्णहरी दाहाललाई भेट गरि समस्याको बारेमा जानकारी पनि गराएका छन । नियमित विद्युत सेवामा पुगेको अबरोध संगै दिनमा दजनौ […]

मंगलबार दुर्घटना भएको बस सोमबार पनि बिग्रिएको थियो

रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुँँदा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान करिव १० बजेको समयमा बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा सडकबाट […]