भारतमा युवतीलाई बेच्न लैजादै गरेका रामेछापका घिसिङ पक्राउ

भारतमा युवतीलाई बेच्न लैजादै गरेका रामेछापका घिसिङ पक्राउ

एक युवतीलाई भारतमा बेच्न लैजाने क्रममा रामेछापका युवक पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १३ का वर्ष ४२ का बाबु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले ति युवतीलाई भारत तर्फ बेच्न लैजादै गर्दा विरगन्जबाट पक्राउ गरेको हो ।

भजपुर घर भएकी २२ वर्षकी ति युवतीलाई घिसिङले महिनाको ६० हजारको जागिर लगाईदिन्छु भनेर प्रलोभनमा पारी भारत तर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनिहरुलाई सोधपुछ गर्ने क्रममा शंकास्पद जवाफ दिएपछि उनिहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार