सुकाजोरको लागी आईपुग्यो एम्बुलेन्स,बिरामीलाई हुने भयो सहज

सुकाजोरको लागी आईपुग्यो एम्बुलेन्स,बिरामीलाई हुने भयो सहज

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको छ । वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीको पहलमा सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको हो । सुकाजोर स्वास्थ्य चौकीको नाममा भारत सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त भएको वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

वडाका लागी एम्बुलेन्स प्राप्त भएसँगै अब के कसरी सन्चालन गर्ने भन्ने बारेमा जनप्रतिनिधी,राजनीतिक दल,नागरीक अगुवाहरुसँग छलफल गरेर निर्णय गरिने उहाँले बताउनुभयो । दुई वटा स्वास्थ्य चौकी रहेको सुकाजोरमा नयाँ एम्बुलेन्स आएसँगै स्थानियहरु पनि खुशी भएका छन । सुकाजोरमा बिरामी भएर तत्काल अस्पताल लैजानुपर्ने बिरामीहरुलाई अब सहज हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार