रामेछापमा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै

रामेछापमा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै

रामेछापमा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै गएको छ । असारे भाका नेपालको विभिन्न भेगमा आ–आफ्नै शैलीले गाउने गरिएको छ । रामेछापमा भने पञ्चेबाजाको लयमा असारे गीत गाउने गरिन्थ्यो । वर्षभरी खाने अन्नको जोहो हुने भएकाले किसानहरू रोपाईँलाई पर्वकै रुपमा मनाउने गर्थे ।

तर रोपाईँमा गाइने यस्ता गीतको चलन हराउँदै गएको छ । रामेछापमा पुर्वखोलाका पुराना पुस्ता भने यसको संरक्षणमा सक्रिय बनेका छन् । गीत सङ्गीत नेपाली संस्कृतिसँग जोडिएको छ । तर अधिकांस संकृतिको संरक्षणमा पुराना पुस्ता मात्रै लागेको देखिन्छ । नयाँ पुस्ताले चासो नदिँदा बाली गीतको संरक्षणमा पनि चुनौती देखिएको उनिहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार