रामेछाप नगर उद्योग वाणिज्य संघले मनायो ७ औँ स्थापना दिवस

रामेछाप नगर उद्योग वाणिज्य संघले मनायो ७ औँ स्थापना दिवस

रामेछाप नगर उद्योग वाणिज्य संघले आज ७ औँ स्थापना दिवस मनाएको छ । संघको कार्यालय रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यता र रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा मनाइएको ७ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा विभिन्न कार्यक्रमहरु भएका थिए ।

संघको ७ औँ स्थापना दिवसको अवसरमा संस्थामा आबद्ध ११ जना आजिवन सदस्यहरुलाई सम्मान गरिएको छ । कोरोना भाइरस संक्रमित भएर ज्यान गुमाएमा संस्थामा आबद्ध ६ जना सदस्यको परिवारलाई प्रति परिवार १० हजार रुपैँयाँ रकम पनि हस्तान्तरण गरिएको छ । साथै रजयछापका आगोलागी पीडीतलाई रामेछाप नगर उद्योग वाणिज्य संघले संघमा आबद्ध सदस्यहरुबाट राहत संकलन कोषमा जम्मा भएको २८ हजार रकमको चेक पनि हस्तान्तरण गरिएको छ ।

रामेछाप नगर उद्योग वाणिज्य संघको ७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथी रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले रामेछाप नगर उद्योग वाणिज्य संघलाई आवश्यक सहयोग र संघसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

रामेछाप नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले नगरपालिकाले गर्ने विभिन्न कार्यक्रमहरुमा रामेछाप नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै आएको बताउनुभयो । नगरपालिकामा संघसँग सहकार्य गरेर जाने विभिन्न क्षेत्रहरु रहेको र आगामी दिनहरुमा पनि समन्वय र सहकार्य हुने उहाँले बतानुभयो ।

रामेछाप नगर उद्योग वाणिज्य संघका सचिव शिशिर खड्गीले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ,नेपाली कांग्रेस रामेछाप नगरपालिकाका सभापति कमल विक्रम कार्की,माओवादी केन्द्र रामेछाप नगरपालिकाका अध्यक्ष मोतिलाल तामाङ,एमालेका पार्टी प्रतिनिधी सुजन घिमिरे लगायतले संस्थाको ७ औँ स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार