१५ वर्षीय बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ

१५ वर्षीय बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ

रामेछापको मन्थली नगरपालिका ६ का २८ वर्षिय गोविन्द माझीलाई बालिका जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । गत मंगलबार सिन्धुलीको ग्वालटारबाट माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछापको मन्थली बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा एक १५ वर्षीय बालिकामाथी जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि माझीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो ।

यहि असार ५ गते बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा बालिकालाई बिहे गर्छु भनि ललाइ फकाइ गरेर जबर्जस्ती करणी गरेको आरोपमा माझिलाइ पक्राउ गरिएको सुचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार