कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारी अभाव, काम प्रभावित

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारी अभाव, काम प्रभावित

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारीको अभावले काम प्रभावित भएको छ । कर्मचारीको कमिका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि ज्ञान केन्द्र रामेछापलाई दोलखा जिल्लाको समेत जिम्मेवारी दिइएको छ ।

केन्द्रमा १० जना अधिकृतको दरबन्दी हो । कार्यालय प्रमुखसहित अहिले ६ जना मात्र छन् । अन्य अधिकृत नहुँदा खाद्यान्न बाली, रोग किरा नियन्त्रण, कृषि प्रचार प्रसार लगायतको काम गर्न समस्या भएको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो ।

कार्यालयमा बागवानी विकास अधिकृत, बाली संरक्षण अधिकृत, बाली संरक्षण अधिकृत र कृषि प्रसार अधिकृतको दरबन्दी खाली छ । साथै कार्यालयमा प्राविधिक सहायक र खरिदार तहको कर्मचारी पनि अभाव रहेको प्रमुख गुरुङले जानकारी दिनुभयो ।

केन्द्रले दुई जिल्लामा ब्लक विकास कार्यक्रम,किसानहरुका लागि कृषि यन्त्र, औजार, बिउ बिजन वितरण गर्नुका साथै विभिन्न अनुदान उपलब्ध गराउँदै आएको छ ।
कर्मचारीका लागि प्रदेश सरकारसँग माग गरेपनि अहिलेसम्म नपठाएको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख गुरुङले बताउनुभयो । कर्मचारी अभावले दुई जिल्लामा सोचे अनुसार काम गर्न नसकिएको उहाँको भनाई ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार