बिद्युत सेवा अनियमित भएको भन्दै रामेछापमा विद्युत कार्यालय घेराउ

बिद्युत सेवा अनियमित भएको भन्दै रामेछापमा विद्युत कार्यालय घेराउ

रामेछापमा नागरिक संस्थाका अगुवा र ब्यवसायीहरुले बिद्युत प्रधिकरणको कार्यालय घेराउ गरेका छन् । विद्युत सेवामा भएको अनियमिता संगै उद्योग तथा कल कार्खाना र कार्यालयको दैनिक काममा समस्या भएपछि हैरान भएका उपभोक्ताहरुले समस्याका बारेमा आज कार्यालय प्रमुख कृष्णहरी दाहाललाई भेट गरि समस्याको बारेमा जानकारी पनि गराएका छन ।

नियमित विद्युत सेवामा पुगेको अबरोध संगै दिनमा दजनौ पटक सम्म विद्युत जान थालेपछि हैरानीमा परेका उद्यमी,ब्यवसायी, संचारकर्मी र नागरिक संस्थाका अगुवाहरुले पेशा व्यवसायीले प्राधिकरण पुगेर कार्यालय प्रमुखलाई भेट गरि तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए । सबै खालका उपभोक्ताका समस्या लिएर प्राधिकरणमा पुगेका अगुवाहरुले विद्युतमा पुगेको अबरोधका भएको सबै समस्याका बारेमा जानकारी गराएका थिए ।

रामेछापमा महिनौ देखि विद्युत सेवा अनियमित हुदै आएको छ । विद्युत पटक पटक जाने आउने गर्दा अस्पताल, संचार माध्यम, पेशा व्यवसाय र सरकारी कार्यालयले सम्पादन गर्ने सेवा समेत प्रभावित हुन थालेका छन् । अत्याधिक गर्मी हुने मन्थलीमा विद्युत जादा जनजिवन समेत कष्टकर बन्न थालेको छ ।

सिन्धुली र दोलखा तर्फबाट ल्याइएका ३३ केभि प्रशारण लाईन दुवै भरपर्दा नभएकोर लाईनमा पर्नै रुख विरुवा र तिनका हाँगा विंगा अनि वर्षादका कारण पनि विद्युत जाने आउने भइरहेको नेपाल विद्युत प्राधिकरणका रामेछाप वितरण केन्द्र प्रमुख कृष्णहरी दाहालले टोलीलाई जानकारी गराउनुभएको थियो । उहाँले यस बारेमा कार्यालय जानकार रहेको भन्दै जति सक्दो चाँडो समस्या समाधान गर्न कार्यालय तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार