रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो ।

सुचना अधिकारी थापाले आर्थिक बर्ष २०७८/०७९ मा नगरपालिका मार्फत स्वास्थ्य,पूर्वधार विकास,कृषि विकास, सामाजिक सुरक्षा तथा पन्जिकरण कार्यक्रमको प्रगति, शिक्षा युवा तथा खेलकुद शाखा, सुचना प्रविधि, खानेपानी तथा सरसफाइ, पशु सेवा शाखा, प्राविधिक शाखा, सडक निर्माण, खानेपानी निर्माण, सिचाइ निर्माण, राजश्व संकलन, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यायिक समितिको प्रगति र मेडपा लघुउधम बिकासमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाईमा प्रगति प्रतिवेदन प्रस्तुत पछि सहभागी सबैले जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । कार्यक्रममा सहभागी नागरीकहरुले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन,सिप मुलक तालिम लागयत नगरपालिकासँग जोडिएका विभिन्न विषयवस्तुरुमा रहेर प्रश्न गरेका थिए ।

नागरीकहरुले सोधेको प्रश्नको जवाफ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायतका सम्बन्धित वडाका वडाअध्यक्षहरुले दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका रामेछाप नगरपालिकामा रहेका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,९ वटै वडाका वडाअध्यक्ष,पत्रकार,नगरपालिकाका कर्मचारी,नागरीक लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार